Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 64

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

64 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।
    मेरो शत्रुले मलाई धमास दिएको छ।
    त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
    ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
    तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्,
    तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
    ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्।
एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
    तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
तिनीहरूले पासोहरू लुकाएका छन्।
    तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
    अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
दुष्ट मानिसहरूले अरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।
    तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ।
    तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हल्लाउने छन्।
परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।
    अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ।
    कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
    ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
    तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।

अय्यूब 19:1-22

अय्यूबले जवाफ दिंदछ

19 तब अय्यूबले जवाफ दिएः

“कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ
    अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?
तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ।
    ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?
यो मेरो समस्या हो।
    यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।
तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ।
    तिमीहरूले मेरा सङ्कटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।
तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो।
    मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।
म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन।
    मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।
परमेश्वरले मेरो बाटो रोकि दिनु भयो।
यसकारण म बाटोबाट जान सक्तिन।
    उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।
परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो,
    उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।
10 परमेश्वरले म शेष नहोउन्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो।
    उहाँले मेरो आशा खोसेर लैजानु भयो
    जसरी जराहरूले रूखलाई तान्दछ।
11 परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो।
    उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।
12 परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो।
    तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए
    तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।

13 “परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो।
    म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।
14 मेरो आफन्तहरूले मलाई त्यागेर गए।
    मेरो मित्रहरूले मलाई बिर्से।
15 मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन्
    मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।
16 मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन।
    मैले उसित माफ माग्नु पर्छ।
17 मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे।
    मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।
18 साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्।
जब म तिनीहरूको छेउमा जाँदछु,
    तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।
19 मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्।
    जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

20 “म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्।
    मसँग अब अलिकति मात्र प्राण छ।

21 “मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ।
    किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
22 किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ?
    तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।

एफिसी 2:11-22

ख्रीष्टमा एक

11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। 12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। 13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। 16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। 17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। 18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International