Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 80:1-7

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

80 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

यशैया 42:10-18

परमेश्वरलाई एक स्तुति गान

10 परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ:
    टाढा देशहरूमा भएका सारा मानिसहरू,
समुद्रमा यात्रा गर्ने सारा मानिसहरू,
    सागरहरूमा भएका सारा पशु-प्राणीहरू,
    टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
11 मरुभूमि र शहरहरू,
    केदारका गाउँहरू परमप्रभुको प्रशंसा गर।
सेलामा बस्ने मानिसहरू, खुशीको गीत गाओ।
    तिम्रो पर्वतको चुचुरा देखि गाओ।
12 परमप्रभुलाई महिमा प्रदान गर,
    सबैले उहाँको प्रशंसा गर, जो टाढा टाढामा छन्।
13 परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ।
    उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ।
    उहाँ साह्रै उत्तेजित हुनुहुनेछ।
उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ
    अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

परमेश्वर अत्यनतै सहनशील हुनुहुन्छ

14 “धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्।
    मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ।
तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु,
    म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15 म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु
    म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु।
म नदीहरूलाई सुख्खा धर्तीमा परिर्वतन गर्नेछु।
    म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16 तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा,
म अन्धा मानिसहरूलाई डोराउनेछु।
    म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु
जहाँ तिनीहरू पहिला गएका थिएनन्।
    म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु
अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु।
    मैले वचन दिएका ती कुराहरू म गर्नेछु,
    अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
17 तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे।
    ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ।
तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्।
    ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन्,
    तर ती मानिसहरू निराश हुनेछन्।

इस्राएलले परमेश्वरलाई ध्यान दिनु अस्वीकार गरे

18 “हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ!
    हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।

हिब्रू 10:32-39

आफूसित भएको उत्साह र आनन्द नगुमाऊ

32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।

35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37 चाँडै नै,

“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
    उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो अहिले मसित धर्मी छ,
    उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
    म उसित प्रसन्न रहनेछैनँ।”(A)

39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International