Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 80:1-7

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

80 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

यर्मिया 31:31-34

नयाँ करार

31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। 32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। 34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”

हिब्रू 10:10-18

10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।

11 प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्। 12 तर ख्रीष्टले पापको निम्ति सँघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो। 13 अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ। 14 एउटै बलिले सधैँको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।

15 पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,

16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु।
म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।
    म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”(A)

17 तब उहाँ भन्नुहुन्छ:

“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,
    र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”(B)

18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International