Revised Common Lectionary (Complementary)
6 परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ।
यदी तिमीहरू परमप्रभुकहाँ गएनौ भने,
उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ।
इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ,
र परमेश्वरको घर समेत कोही सुरक्षित हुनेछैन।
7-9 हे मानिस हो! तिमीहरू किन न्यायलाई तिक्तातामा
र धर्मलाई घृणासरह व्यवहार गर्छौ?
उहाँ जसले कृतिका र मृगशिरा बनाउनु भयो,
उहाँनै हुनुहुन्छ जसले बिहान लाई गहिरो अन्धकारमा
र दिनलाई रातमा परिवर्तन गर्नु हुन्छ।
उहाँले समुद्रको पानीलई बोलाउनु हुन्छ र पृथ्वीमा खन्याउनु हुन्छ।
उहाँको नाउँ यहोवा हो।
उहाँले बलिया सेनाहरू र किल्लाहरूलाई ध्वंश पार्नुहुन्छ।”
इस्राएलीहरूले गरेका दुष्ट कामहरू
तिमीहरू न्यायलाई बिषमा,
र धार्मिकतालाई घृणामा बद्ली दिन्छौ।
10 तिमी मानिसहरू, अगमवक्तालाई घृणागर्छौ,
जो तिमीहरूका अन्यायलाई लल्कार्छ र मानिसहरूसित सत्य बोल्छ।
11 अत्यचार र लुटद्वारा तिमाहरूले गरीवहरूलाई कुल्चेकाछौ।
तिमीहरूले तिनिहरूको खाना लुटेकाछौ।
कुँदिएका ढुङ्गाका घरहरू बनाउन त्यो बेचेकाछौ।
तर तिमीहरू यी राम्रा घरहरूमा बस्नेछौनौ,
तिमीले राम्रा-राम्रा दाखका बोटहरू लगाएकाछौ
तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।
12 मलाई थाहाछ तिमीहरूका धेरै डरलाग्दा पापहरू
र ठूलो अपराध बिषयमा मलाई थाहा छ।
तिमीहरूले धर्मीहरूको बिरोध (खेदो) गर्यौ
र गरीबहरूलाई अत्यचार गर्न घुस लियौ।
13 त्यस समयमा बुद्धिमानहरू चुप लाग्ने छन्।
किनभने यो समय खराब छ।
14 नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ,
ताकि तिमीहरू बाँच्नेछौ।
तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरूसँग हुनुहुनेछ।
जसरी तिमीहरूले “मीहरूसित उहाँ हुनुहुन्छ” भनेका छौ।
15 खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर।
अदालतमा न्यायमा फर्कार्इ ल्याऊ,
तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले,
यूसुफको कुलमा बाँचेका मानिसहरूलाई राम्रो गर्नुहुनेछ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
हामी जे काम गछौ त्यो फलदायक होस,
हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
12 परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुइधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ। 13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
एकजना धनी मानिस येशूलाई पछ्याउन नचाहेको
(मत्ती 19:16-30; लूका 18:18-30)
17 येशू हिँड्न लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, “हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
18 येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ। 19 यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’”
20 त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
21 येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
22 जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
23 त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।”
24 अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ। 25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”
27 येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”
28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, आमा-बाबु, बालकहरू, वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ 30 उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यू-भाइहरू, दीदी-बहिनीहरू, आमा-बुबाहरू, बालकहरू अनि खेत सबै पाउनेछ। यस संसारसा उसले यातना पाउने छ, तर आउनेवाला संसारमा उसले अनन्त जीवन पाउनेछ। 31 अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।”
© 2004, 2010 Bible League International