Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 112

112 परमप्रभुको प्रशंसा गर!

कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
    त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
    असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
    अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
    परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
    एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
    असल मानिसको सधैँ स्मरण गरिन्छ।
उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
    त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
    उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
    गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
    अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
    तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
    तर त्यसपछि तिनीहरू अल्पिने छन्।
    दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

व्यवस्था 22:13-30

विवाहको नियम

13 “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सक्छ। 14 मानिसले झूटो बोल्नु सक्छ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सक्छन्। 15 यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ। 16 त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन। 17 यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।’ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगा[a] देखाउनु पर्छ। 18 तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ। 19 तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिक्का जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउँदैन।

20 “तर यस्तो पनि हुन सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सक्छ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसक्लान्। यदि यस्तो भयो भने, 21 शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

लैंगिक सम्बन्धको पाप

22 “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

23 “यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ, 24 तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कार्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

25 “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरजस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ। 26 तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन। 27 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एक्लै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षाको निम्ति कराएकी हुनसक्छे तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

28 “एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे, 29 त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिक्का तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुन्जेल छोड्न पाउँदैन।

30 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

1 कोरिन्थी 7:1-9

विवाहको विषयमा

अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो। तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ। एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन। केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान। म त चाहन्छु सबै म जस्तै होऊन् तर प्रत्येक मानिसले परमेश्वरबाट आफ्नो निम्ति वरदान पाएको छ। एक जनाले एक किसिमको वरदान पाए को छ भने अर्कोले अर्कै किसिमको।

अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो। तर उनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने, विवाह गरून्। यौन इच्छाले जल्नु भन्दा विवाह गर्नु असल हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International