Revised Common Lectionary (Complementary)
111 परमप्रभुको प्रशंसा गर!
म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
5 परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।
मोशालाई कनान जाने अनुमति दिइएन
23 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें, 24 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्। 25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’
26 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर। 27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ। 28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’
29 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”
6 हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँच्चो मानिस छन्। 7 अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”(A) 8 यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। 9 परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”(B)
10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। 11-12 तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”(C) केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो। 13 जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”(D)
14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। 15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”(E) 16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। 17 धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”(F) 18 यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।
© 2004, 2010 Bible League International