Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 110

दाऊदको स्तुतिगान।

110 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
    “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन,
    त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ।
तिम्रो राज्य सियोनमा शुरूहुनेछ,
    अनि यो त्यति बेलासम्म बढ्दै जानेछ,
    जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ,
    तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
    अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै
    तिम्रो वरिपरि हुनेछन्।

परमप्रभुले प्रतिज्ञा गर्नुभयो
    उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
    मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।
    जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
    धर्ती मृत शरीरहरूले ढाकिने छ।
    अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
    त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो[a] हुनु हुनेछ।

हितोपदेश 22:1-9

22 धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।

नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।

दुष्ट मानिस नाना थरीका फन्दामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन गर्छ।

धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।

अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

लूका 6:27-31

शत्रुहरूलाई प्रेम गर

(मत्ती 5:38-48; 7:12a)

27 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर। 28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। 29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक। 30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। 31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International