Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 86

दाऊदको प्रार्थना।

86 म दरिद्र र असहाय मानिस हुँ।
    हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्।
    म तपाईंको दास हुँ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ,
    मेरो भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
मेरो स्वामी, ममाथि दया गर्नुहोस्।
    म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु।
    मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ।
    तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्।
    कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु,
    म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन।
    तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो।
    तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्।
    तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
10 हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ!
    तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
    अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
    तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
    मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
    तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
    निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
    तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
    म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
    म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
    मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
    त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

1 शमूएल 15:10-31

शमूएलले शाऊलबाट भएको पाप बताइदिए

10 शमूएलले परमप्रभुबाट खबर पाए। 11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।

12 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।”

त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।[a] 13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”

14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?”

15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”

16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।”

शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”

17 शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। 18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ 19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।”

20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। 21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”

22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। 23 आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।”

24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने। 25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।”

26 तर शमूएलले शाऊललाई भने, “म तपाईंसँग जाँदिन। तपाईंले परमप्रभुको वचनलाई उलंघन गर्नुभयो अनि अहिले परमप्रभुले पनि राजा अस्वीकार गरिदिनुभएको छ।”

27 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। 28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ। 29 परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ। परमप्रभु शाश्वत हुनुहुन्छ। परमप्रभु न त झूटो बोल्नु हुन्छ न त विचार बदल्नु हुन्छ। परमप्रभु मानिस जस्तै छिन-छिनमा विचार बदल्ने हुनुहुन्न।”

30 शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।” 31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे।

प्रेरित 5:1-11

हननिया र सफीरा

हननिया नाँउ भएको एक मानिस थिए। उनकी स्वास्नीको नाउँ सफीरा थियो। हननियाले केही सम्पिति बेचे। तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर ऊ पनि सहमत थिई।

पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ? जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”

5-6 जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए। त्यसपछि उनको लाश बाहिर निकालेर गाडिदिए! अनि प्रत्येक मानिसले त्यस्तो घट्नाको विषयमा सुनेपछि भयभीत बने।

प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोग्ने प्रति त्यस्तो घट्ना घट्न गएको थाहा थिएन। पत्रुसले उसलाई भन्यो, “जमीन बेचेर तिमीले कति पैसा पायौ, मलाई भन। यति पैसामै तिमीले जमीन बेच्यौ?”

सफीराले उत्तर दिइ, “हो, हामीले जमीन बेचेर पाएको पैसा त्यति नै हो।”

पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खरै तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।” 10 त्यति नै बेला सफीरा उसको खुट्टामा लडी र प्राण त्यागि। ती युवाहरू आए अनि उसलाई मरिसकेको भेट्टाए। तिनीहरूले उसलाई त्यसरी नै बाहिर लगे अनि उसलाई उसको लोग्नेकै छेउमा गाडिदिए। 11 जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घट्नाहरू सुनेपछि सबै भयग्रस्त भए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International