Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 89:1-4

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

भजनसंग्रह 89:19-26

19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।

2 शमूएल 6:1-11

परमेश्वरको पवित्र सन्दूक यरूशलेम पुर्याइयो

दाऊदले इस्राएलका कुशल सेनाहरूलाई भेला गराए। त्यहाँ 30,000 मानिसहरू भेला भए। तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाँहि यी परीहरूका माझमा राजा झैं बस्नु भएको छ। पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।

यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे। दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए। जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडी तान्नेहरू ठेस् खाए। गाडीमा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लड्नदेखि रक्षा गरे। तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो। दाऊद साह्रै क्रोधित अनि खिन्न भए किनभने परमप्रभुद्वारा उज्जा मारिए। दाऊदले उक्त स्थानको नाउँ “पेरेस उज्जा” राखे। आज पनि उक्त स्थानको नाउँ पेरेस उज्जा नै भनिन्छ।

त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” 10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। 11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।

हिब्रू 1:1-4

परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो

अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International