Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 85:1-2

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।

85 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
    याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
    क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

भजनसंग्रह 85:8-13

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
    परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
    यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
    हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
    धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
    अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
    अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
    र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

इजकिएल 36:24-28

24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु। 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”

26 परमेश्वरले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु। 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ। 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।”

मर्कूस 11:27-33

यहूदी प्रमुखहरूद्वारा येशूको शक्तिमाथि सन्देह

(मत्ती 21:23-27; लूका 20:1-8)

27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए। 28 तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसँग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”

29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ। 30 यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?”

31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो,’ येशूले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 32 तर यदि हामीले भन्यौ, ‘यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसँग भयभीत थिए। सबैले यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो।)

33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”

तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International