Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 125

यात्राको गीत।

125 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्,
तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
    तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
    तिनीहरू सदा-सर्वदा रहनेछन्।
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।
    अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ,
    उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ।
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
    यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।

हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
    पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
    परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ।

त्यहाँ इस्राएल मा शान्ति छाओस्।

मलाकी 3:16-4:6

16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु। 18 मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेंछ। ती सबै पापी मानिसहरू सुख्खा घाँस जस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

“तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ। त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”

परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ। एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”

मर्कूस 9:9-13

येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नु। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”

10 तब चेलाहरूले येशूको कुरा माने अनि तिनीहरूले देखेका कुराहरू नभन्ने भए। तर तिनीहरूले येशूले भन्नु भएको “मृत्युदेखि बौरीनु” भन्ने कुराको अर्थको विषयमा तिनीहरू स्वयं माझ बहस गर्दैथिए। 11 तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”

12 येशूले उत्तर दिनुभयो, “यो सत्य हो कि एलिया पहिले आउँनेछन्। एलिया आउँनेछन् अनि सबै कुरा जस्तो हुनुपर्छ त्यस्तै व्यवस्था गर्नेछन्। तर धर्मशास्त्रमा यो किन लेखिएको छ कि मानिसको पुत्रले धेरै कष्ट भोग्नु पर्नेछ, अनि मानिसहरूले उ प्रति किन खुबै नराम्रो व्यवहार गर्नेछन् 13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International