Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
Error: Book name not found: Sir for the version: Nepali Bible: Easy-to-Read Version
यशैया 55:10-13

10 “पानी र हिँऊ आकाशबाट बर्षिन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्।
    जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्।
तब धर्तीले बिऊमा टुसा उमार्छ।
ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन्
    अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
11 यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ,
    अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्।
मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु।
    मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।

12 “तिमी खुशी साथ बाहिर जानेछौ
    अनि शान्त रहनेछौ।
पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्।
    खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
13 जहाँ पोथ्राहरू छन् त्यहाँ विशाल सल्लाका रूखहरू उम्रनेछन्।
    वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्।
ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ।
ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ।
    यो चिन्ह कहिल्यै नाश हुने छैन्।”

भजनसंग्रह 92:1-4

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

92 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
    सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
    अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
    तपाईंको लागि बजाउनु असल कुरा हो।
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
    हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

भजनसंग्रह 92:12-15

12 असल मानिसहरू लेबानेनमा
    परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
    हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
    तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
    उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

1 कोरिन्थी 15:51-58

51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। 52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं। 53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। 54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः

“मृत्यु विजयमा निलिएको छ।”(A)

55 “हे मृत्यु! तेरो विजय कहाँ छ?
    चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”(B)

56 मृत्युको बिषदन्त नै पाप हो, अनि पापको शक्ति नियम हो। 57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ।

58 यसैकारण मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो, दरिलोसित खडा हौ। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिल्यै व्यर्थ जानेछैन।

लूका 6:39-49

39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। 40 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।

41 “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? 42 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाइ मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैंले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसँग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।

दुइ प्रकारको फल

(मत्ती 7:17-20; 12:34b-35)

43 “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। 44 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्। 45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।

दुइ प्रकारका मानिसहरू

(मत्ती 7:24-27)

46 “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? 47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। 48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।

49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International