Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 92:1-4

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

92 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
    सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
    अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
    तपाईंको लागि बजाउनु असल कुरा हो।
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
    हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

भजनसंग्रह 92:12-15

12 असल मानिसहरू लेबानेनमा
    परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
    हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
    तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
    उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

हितोपदेश 15:1-9

15 नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।

परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ।

मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ।

धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्त्याउँछ।

बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।

1 थिस्सलोनिकी 4:13-18

प्रभु आउनु हुँदैछ

13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।

15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[a] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International