Revised Common Lectionary (Complementary)
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
92 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
2 बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
3 परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
तपाईंको लागि बजाउनु असल कुरा हो।
4 हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
12 असल मानिसहरू लेबानेनमा
परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।
8 अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट भविष्यमा साक्षी बनिनेछ।
9 यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्। 10 तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर। 11 ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परम-पवित्रको बारेमा भन्न छोड।”
परमेश्वरबाट मात्र यहूदालाई सहायता आउँदछ
12 इस्राएलका परम-पवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ। 13 तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू चर्किएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ। 14 तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”
15 परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”
तर तिमीहरू त्यसो गर्न चाँहदैनौ। 16 तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ। 17 एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।
16 “मैले यी कुराहरू तिमाहरूलाई भनें ताकि तिमीहरूले आफ्नो विश्वास हराउने छौनौ। 2 तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्। 3 मानिसहरूले यी सबै कुराहरू गर्नेछन् कारण न त तिनीहरूले पितालाई चिनेका छन् न त मलाई नै चिन्दछन्। 4 यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।
पवित्र-आत्माका काम
“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसँगै थिएँ।
© 2004, 2010 Bible League International