Revised Common Lectionary (Complementary)
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
चर्मरोग लागेको मानिस निको हुँदाको नियमहरू
14 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
3 “पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले 4 उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्रा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्। 5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। 6 अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्। 7 अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।
8 “तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन। 9 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।
10 “आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेंडाको दुइवटा निष्खोट पाठो अनि एक बर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्। 11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ। 12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ। 13 उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो, यो अत्यन्तै पवित्र हुन्छ।
14 “पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ। 15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्। 16 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्। 17 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो। 18 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।
19 “तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ। 20 पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।
स्केवाका छोराहरू
11 परमेश्वरले केही असाधरण चमत्कारहरू गर्नेलाई पावललाई प्रयोग गर्नु भयो। 12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।
13-14 कतिपय यहूदीहरू ठाउँ-ठाउँ डुल्दै दुष्ट-आत्माहरू मानिसहरूबाट हटाईदिन्थे। स्केवाका सात जना छोराहरूले त्यस्तो गर्थे (स्केवा प्रमुख पुजाहारी थिए) तब यी यहूदीहरूले प्रभु येशूको नाम प्रयोगगरी मानिसहरूबाट दुष्ट-आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे, “म तँलाई त्यो येशूको नाउँमा जसको नाउँ पावलले प्रचार गर्छ, आदेश गर्छु, बाहिर आइज।”
15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”
16 तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरू च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।
17 एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले। 18 धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे। 19 तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो। 20 यस्तो प्रकारले, प्रभुको वचन चारैतिर फैलिन थाल्यो अनि मानिसहरूमा जोडले प्रभाव पार्दै गयो।
© 2004, 2010 Bible League International