); Proverbs 8:22-31 (Wisdom’s part in creation); 1 John 5:1-12 (Whoever loves God loves God’s child) (Nepali Bible: Easy-to-Read Version)
Revised Common Lectionary (Complementary)
148 परमप्रभुको प्रशंसा गर!
माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
परमप्रभुको प्रशंसा गर।
2 हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
3 हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
4 हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
5 परमप्रभुको प्रशंसा गर!
किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
6 परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
7 हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
8 परमेश्वरले आगो र हिउँ,
असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
9 परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!
22 “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला
सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
23 यो संसार सृजना गरिनु भन्दा पहिला
अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ।
पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
25 पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि,
पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ।
26 परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै,
पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27 जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ।
जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28 जब उहाँले आकाशमा बादल राखेर
महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29 उहाँले समुद्रको सिमाना तोक्दा
उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी
उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ।
हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31 म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु,
म मानव जातिमा खुशी लिन्छु।
परमेश्वरका बालकहरूले संसार जित्छन्
5 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। 2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। 3 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। 4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। 5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
6 येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। 7 यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: 8 पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।
9 हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
© 2004, 2010 Bible League International