Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 26:1-11

पहिलो उब्जनी

26 “चाँडै तिमीहरू भूमिमा पस्ने छौ जो परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै छ तिमीहरूले आफ्नो नियन्त्रणमा भूमि लिनेछौ अनि त्यहाँ बसो-बास गर्नेछौ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ। त्यहाँ तत्कालीन पूजाहारीकहाँ जाऊ अनि भन, ‘परमप्रभुले हाम्रा पिता-पुर्खाहरूलाई केही भूमि दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो र उहाँलाई सूचना दिन्छु म त्यस भूमिमा आएको छु।’

“तब पूजाहारीले तिमीबाट डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको अघाडी राख्नेछन्। तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो। मिश्रीहरूले हामीसित नराम्रो व्यवहार गरे अनि हामीलाई कमारा-कमारीहरू बनाए। अनि हामीलाई बलपूर्वक कठोर काम लगाए अनि अति नै कष्ट दिए। तब हामीले परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरी तिनीहरूको विषयमा विरोध गर्यौं। तब परमप्रभुले हाम्रो प्रार्थना सुन्नु भयो अनि हाम्रो कठोर मेहनत, दुःख कष्ट हेर्नु भयो। यसकारण परमप्रभुले हामीलाई उहाँको अति महान् अद्भूत चिन्ह, अनि आश्चर्य अनि उहाँको महान् शक्ति अनि बल प्रयोग गरेर मिश्रबाहिर ल्याउनु भयो। यसकारण उहाँले हामीलाई यहाँ दूध र मह बगिरहेको भूमिमा ल्याउनु भयो। 10 अब हे परमप्रभु! यस समय मैले जुन अन्न हजुरलाई चढाएँ त्यो हजुरले दिएको भूमिबाट पहिलो उब्जेको अन्न हो।’

“तब तिनीहरूले त्यो अन्न परमप्रभु तिमीहरूका परमेश्वरअघि राखेर पूजा गर्न निहुरिनु पर्छ। 11 त्यसपछि तिमीहरूले जति पनि असल चीजहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका परिवारलाई दिनु भएको छ तिमीहरूसितै बस्ने लेवीहरू र विदेशीहरूलाई पनि भाग लगाउनु पर्छ।

भजनसंग्रह 91:1-2

91 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
    तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
    मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”

भजनसंग्रह 91:9-16

किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
    तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
    त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
    त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
    र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
    जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
    म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
    म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
    अनि तिनीहरूलाई बचाउँनेछु।”

रोमी 10:8-13

धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”(A) यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। 10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।

11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”(B) 12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। 13 हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”(C)

लूका 4:1-13

शैतानद्वारा येशूको परिक्षा

(मत्ती 4:1-11; मर्कूस 1:12-13)

येशू यर्दन नदीदेखि फर्किनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थ्यो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो। त्यहाँ चालीस दिनसम्म उहाँलाई शैतानले परिक्षा लियो। उहाँले त्यसबेला केही पनि खानु भएन। जब ती दिनहरू बिते, उहाँ खुबै भोकाउनु भयो।

शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।”

उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः

‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’”(A)

तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो। तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु। यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।”

उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ।
    अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’”(B)

तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! 10 किनभने धर्मशास्त्रमा यो लेखिएको छ,

‘उहाँले तिम्रो रक्षाको लगि
    आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’(C)

11 यो पनि लेखिएको छ,

‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्,
    जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’”(D)

12 येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ,

‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’”(E)

13 शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International