Revised Common Lectionary (Complementary)
5 मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
6 परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
7 मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
8 हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9 मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्य हुनेछौ,
सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”
12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
यर्मियाको छैटौ गुनासो
14 म जन्मेको दिन श्रापित होस्।
त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।
15 त्यो मानिस श्रापित होस्
जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो
उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।”
उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो
जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।
16 त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्।
ती शहरहरूमाथि परमप्रभुको दया छैन।
त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्,
अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।
17 किनभने जब म आमाको गर्भमा थिएँ,
त्यस मानिसले मलाई मारेन।
यदि त्यसले मलाई त्यस बेला मारेको भए,
मेरो चिहान मेरी आमाहुनै हुने थिइन्।
अनि म संसारमा जन्मनु पर्ने थिएन।
18 यी सब शोकहरू र सङ्कटहरू भोग्न,
अनि लज्जित भएर दिन बिताउन,
मेरी आमाको गर्भबाट म किन जन्मे?
येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी
(मत्ती 11:20-24)
13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। 14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। 15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
© 2004, 2010 Bible League International