Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 86:11-17

11 हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्,
    अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु।
मलाई मेरो जीवनको मुख्य चीज,
    तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
12 हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु।
    मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
13 हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ?
    तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
14 अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर।
    निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
    अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
15 हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ।
    तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
16 परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्।
    म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्।
    म तपाईंको दास हुँ, मलाई बचाउनु होस्!
17 परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्।
    मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्।
    त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।

यशैया 44:9-17

झूटा देवताहरू व्यर्थका छन्

केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन्—तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।

10 कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए? 11 कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।

12 एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।

13 अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।

14 मानिसले धुपी, देवदारहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफैं उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, बर्षाले ती रूख उमार्दछ।

15 त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्। 16 मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउन्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।” 17 तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। ऊ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”

हिब्रू 6:13-20

13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। 14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”(A) 15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।

16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। 17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। 18 यी दुइ कुराहरू बद्लिन सक्दैनन्।

अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। 19 हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। 20 येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International