Revised Common Lectionary (Complementary)
भबिष्यको राजा
9 हे सियोन, आनन्दित होऊ!
यरूशलेमका मानिसहरू खुसिले कराऊ!
हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्।
उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ।
उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ,
उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
10 राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू नष्ट पारें
अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें।
मैले युद्धमा प्रयोग गरेको धनुहरू नष्ट पारें।”
उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ।
त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ।
उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
परमप्रभुले उहाँका मानिसहरूलाई रक्षा गर्नुहुन्छ
11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले
म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
12 तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू।
अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले,
जति गुमाएकाछौ त्यसको दुइगुणा ज्यादा,
म तिमीहरूलाई दिनेछु।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!
यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।
16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,
17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं,
तर तिमीहरू नाचेनौ;
हामीहरूले दु:खका गीत गायौं,
तर तिमीहरू दुःखी भएनौ।’
18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ 19 मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”
येशू आफ्ना मानिसहरूलाई विश्राम प्रदान गर्नुहुन्छ
(लूका 10:21-22)
25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। 26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो।
27 “मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
© 2004, 2010 Bible League International