Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
40 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो।
उहाँले मेरा विलापहरू सुन्नुभयो।
2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।
उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो।
उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो
अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।
3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”
धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्,
अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्।
तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।
यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
5 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!
तपाईंसँग हाम्रो लागि अद्भूत प्रकारका योजनाहरू छन्।
कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्!
म घरि-घरि ती कुराहरू भन्छु जुन कुराहरू अनगन्ती छन्।
6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः
तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न।
तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।
7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु,
जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ।
8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।
म तपाईंको व्यवस्था जान्दछु।
25 “कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिन्जेलसम्म अशुद्ध रहनेछिन्। 26 मासिक रजस्वलाको समयमा जुन ओछ्यानमा त्यो स्त्री सुतछिन् त्यो ओछ्यान पनि त्यतिन्जेलसम्म अशुद्ध रहन्छ। उसको मासिक रजस्वला हुँदा अशुद्ध भए, उसले छुन्छिन् त्यो चीज अशुद्ध हुन्छ। 27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ। 28 त्यस स्त्रीले उसको रजस्वला रोकिएपछि सात दिनसम्म पर्खनुपर्छ। त्यसपछि त्यो स्त्री शुद्ध हुन्छे। 29 तब आठौं दिनमा स्त्रीले दुइवटा ढुकुर अथवा परेवा लिनुपर्छ र तिनीहरू पूजाहारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा लैजानुपर्छ। 30 तब पूजाहारीले ती दुइवटा मध्ये एउटालाई पापबलिको निम्ति अनि अर्कोलाई होमबलिको निम्ति चढाउनुपर्छ। यसरी पूजाहारीले उसलाई परमप्रभुको सामुन्ने शुद्ध पार्नेछन्।
31 “यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
22 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ। 3 हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।
4 “यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु वा स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ। 5 उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्। 6 यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन। 7 घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किनभने पवित्र खाना उसको हुन्छ।
8 “यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जङ्गली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।
9 “मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्याएको छु।
अन्यजातिहरूसँग जीउन वारे चेताउनी
14 अविश्वासीहरू जस्ता तिमीहरू होइनौ। यसैले उनीहरूसँग सहभागी नहोऊ। असल र खराबमा के साझेदारी हुन्छ? अँध्यारो र उज्यालो एकैसाथ हुन सक्दैन। 15 ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ? 16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ,
“म तिनीहरूसित बस्छु,
तिनीहरूसितै हिँड्छु,
म तिनीहरूका परमेश्वर हुनेछु,
अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”(A)
17 “यसैले ती मानिसहरूबाट निस्केर आऊ,
आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ,
केही असुद्ध कुराहरू नछोऊ,
र म तिमीरूलाई स्वीकार गर्नेछु।”(B)
18 “म तिमीहरूका पिता बन्नेछु,
अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”(C)
7 प्यारा साथीहरू! हामीले परमेश्वरबाट यी प्रतिज्ञाहरू पाएकोछौं। यसकराण हरेक किसिमको अशूद्धताबाट हाम्रा शरीर वा हाम्रा अत्मालाई पवित्र पर्छ। हाम्रो जिउने तरिकामा परिपक्क हुने कोशिश हामीले गर्नुपर्छ, किनकि हामी परमेश्वरलाई आदर गर्छौं।
पावलको आनन्द
2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं।
© 2004, 2010 Bible League International