Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 43:1-7

परमेश्वर सधैँ आफ्ना मानिसहरूसँग हुनुहुन्छ

43 याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ। जब तिमीमाथि कष्टहरू पर्छन्, म तिम्रो साथमा छु। जब तिमी नदीहरू तर्छौ तिमीलाई चोट लाग्नेछैन। जब तिमी आगोबाट हिंड्दछौ, तिमी जल्ने छैनौ; आगोको ज्वालाले तिमीलाई लपेट्ने छैन्। किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परम-पवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ। तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।

“यसैले नडराऊ! म तिमीहरूको साथमा छु। म तिम्रो नानीहरूलाई भेला गरेर तिमीकहाँ ल्याइदिनेछु। म तिनीहरूलाई पूर्व र पश्चिमबाट भेला गर्नेछु। म उत्तर दिशालाई भन्नेछु मेरा मानिसहरू मलाई देऊ! म दक्षिण दिशालाई भन्नेछु; मेरा मानिसहरूलाई बन्दी बनाएर नराख! मेरा छोरा-छोरीहरू जो टाढा-टाढा छन्, मलाई देऊ। ती सबै मानिसहरू देऊ जो मेरा हुन् मेरो नाउँ तिनीहरूसित संयुक्त छ। मैले ती मानिसहरू आफ्नोलागि सृष्टि गरें। तिनीहरूलाई सृष्टि गरें यसकारण तिनीहरू मेरा हुन्।”

भजनसंग्रह 29

दाऊदको भजन।

29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
    उहाँको महिमा र शक्तिको प्रशंसा गर।
परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
    आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
    मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
    उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
    परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
    सिरिओन हल्लिन्छ।
    त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
    कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
    परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।

10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
    अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
    परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।

प्रेरित 8:14-17

14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। 15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। 16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। 17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

लूका 3:15-17

15 सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?”

16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। 17 उहाँ खला सफा पार्न तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नलाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”

लूका 3:21-22

यूहन्नाद्वारा येशूको बप्तिस्मा

(मत्ती 3:13-17; मर्कूस 1:9-11)

21 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो। 22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसँग अत्यन्त आनन्दित छु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International