Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 81:1-10

प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।

81 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
    इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
संगीत प्रारम्भ गर।
    खैंजडीहरू बजाऊ।
    सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ।
    पूर्णिमा लागेको बेला तुरही फुक,
    औंसी परेको बेला नरसिङ्ग फुक।
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
    परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
    परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
    मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
    तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
    त्यहींबाट मैले जवाफ दिएँ,
    मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”

“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
    इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
कुनै पनि कृत्रिम देवताहरू नमान
    जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
    मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
    अनि म खुवाउने छु।

प्रस्थान 31:12-18

विश्राम दिन

12 तब परमप्रभुले मोशालाई भन्नु भयो, 13 “इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।

14 “‘विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ। 15 काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ। 16 इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्। 17 विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो।’” (परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।)

18 यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।

प्रेरित 25:1-12

पावलले सम्राट सिजरलाई भेट्न चाहन्थे

25 फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।”

फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्। तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।”

तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

10 पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। 11 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

12 फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International