Revised Common Lectionary (Complementary)
एउटा प्रशंसाको गीत।
98 परमप्रभु प्रति नयाँ गीत गाऊ
किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
उहाँलाई फेरि विजय तुल्यायो।
2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
प्रशंसाको गीत गाउन प्रारम्भ गर!
5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
6 तुरही र कर्णालहरू बजाऊ,
अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
9 परमप्रभुको सम्मुख गाऔं!
किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
मोशाले मानिसहरूलाई आफ्नो गीत सिकाउँछन्
44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए। 45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके, 46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ। 47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सक्छौ।”
42 येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्। 43 तर तिमीहरूसँग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ। 44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। 45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
© 2004, 2010 Bible League International