Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 45:1-7

परमेश्वरले इस्राएललाई स्वतन्त्र पार्नु कोरेस छान्नु हुन्छ

45 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ:

“म कोरेसको दाहिने हात समाउनेछु।
राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु।
    शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन,
    म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।
कोरेस, तिम्रा सेनाहरूले अघि बढ्नेछन् अनि म तिम्रो अघाडी जानेछु।
    म पर्वतहरू मैदान तुल्य पारिदिनेछु।
म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु।
    म फलामका ढोकाको बारहरू काटिदिनेछु।
म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बँचाउनेछ।
    म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
म यसो गर्ने छु ताकि तिमीहरूले म इस्राएलको परमप्रभु परमेश्वर हुँ, भनेर जान्नेछौ।
    अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु।
    म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु।
कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु तिमी मलाई जान्दैनौ।
    तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
म परमप्रभु हुँ, म मात्र परमेश्वर हुँ।
    म बाहेक अरू परमेश्वर छैन्।
मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ।
    तर अझै तिमी मलाई बुझ्दैनौ।
यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले
    म नै परमेश्वर हुँ भनेर जानुन्।
पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्,
    अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।
मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ।
    मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ।
    म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।

भजनसंग्रह 96:1-9

96 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
    सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
    सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
“परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ” भनेर मानिसहरूलाई भन,
परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
    सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
    उहाँ अन्य सबै “देवताहरू” को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
    तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
    परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
    र महिमाको गीत गाऔं।
परमप्रभुको नाउँको प्रशंसा गर
    आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
    पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।

भजनसंग्रह 96:10-13

10     जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
ताकि संसार नष्ट नहोस्।
    परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
    यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
    जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,
    परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
परमप्रभुले संसारमा भएका राज्यहरूमा
    पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।

1 थिस्सलोनिकी 1

पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ।

परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

थिस्सलोनिकीहरूको जीवन र विश्वास

प्रार्थना गर्दा हामी सधैँ तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैँ प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिन्छौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिँदछौं। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।

दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित[a] अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ। अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आनन्दपूर्वक शिक्षा ग्रहण गर्यो। त्यो आनन्द पवित्र आत्माले दिनुभएको हो।

म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ। तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन। हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोड्यौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्। 10 परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोड्यौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।

मत्ती 22:15-22

केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

(मर्कूस 12:13-17; लूका 20:20-26)

15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”

18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”

येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”

22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International