Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
144 परमप्रभुको प्रशंसा गर,
परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
परमप्रभु मेरो ढाल हुनुहुन्छ।
म उहाँमा भरोसा राख्दछु,
परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
3 हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
4 मानिसको जीवन हावाको झोंका मात्र हो।
मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।
5 हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
6 परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
7 परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्।
मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
8 ती शत्रुहरू झूटाहरू हुन्।
तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।
9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक,
कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु।
म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।
परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
ती शत्रुहरू झूटा छन्।
तिनीहरूले भनेका कुराहरू असत्य छन्।
12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्।
हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्।
त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।
14 हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।
हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्।
हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।
15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।
यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,
ती मानिसहरू आशिषित हुन्छन्।
27 त्यस समयमा परमप्रभुले लिब्यातानको न्याए गर्नु हुनेछ।
लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ।
उहाँले आफ्नो शक्तिशाली तरवारद्वारा, सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।
2 त्यसबेला, मानिसहरूले,
आनन्दित दाखको बोटको गीत गाउनेछन्।
3 “म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु।
म ठीक समयमा त्यसमा पानी लगाउनेछु
म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु,
कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।
4 म रिसाएको होइन्।
तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि,
म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।
5 तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने
र मबाट शान्ति चाहन्छ भने,
तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।
6 त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ।
तब मिश्र बढ़न र फूल्न लागेको बोट जस्तै हुनेछ।
त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”
17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। 18 यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। 19 मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। 20 यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। 21 ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
© 2004, 2010 Bible League International