Revised Common Lectionary (Complementary)
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
6 “छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर!
जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।
7 हे सियोनका मानिसहरू!
जो बाबेलमा कैदीछौ, दगुर!”
8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
“उहाँले मलाई त्यस देशको बिरुद्ध
पठाउँनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
9 अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु।
तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
यहाँ पठाउँनु भएको हो।
10 परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
11 त्यससमय धेरै जातिका मानिसहरू
परमप्रभु कहाँ आउँनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
म तिमीहरूको बीचमा बस्नेछु।
अनि तिमीहरूले जान्नेछौ कि
सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”
12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस!
आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।
पापको विरूद्ध हाम्रो लडाँई
7 हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।” 8 तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो। 9 एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो। 10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो। 11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।
12 तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो। 13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।
मानसिका द्वन्द्व
14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
© 2004, 2010 Bible League International