Readings for Celebrating Advent
धन्यवादको भजन।
100 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
2 परमप्रभुको सेवामा खुशी हौ!
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
उहाँले हामीलाई बनाउनु भयो।
हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
5 परमप्रभु, भलो हुनुहुन्छ।
उहाँको प्रेम अनन्त छ।
हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”
© 2004, 2010 Bible League International