Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 7:10-16

इम्मानुएल-परमेश्वर हामीसँग हुनुहुन्छ

10 त्यसपछि परमप्रभुले आहाजसँग भन्नुभयो। 11 परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउँन सक्छ।”

12 तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।”

13 तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच। 14 तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः

हेर कन्या स्त्री गर्भवती हुनेछ,
    र उसले एउटा छोरो जन्माउनेछ,
    उसको छोरोको नाउँ इम्मानुएल[a] राखिनेछ।
15 इम्मानुएलले नौनी र मह खानेछ,
    राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ।
16 तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै,
    एप्रैम र आरामको भूमि रित्तो हुनेछ, जो सँग तिमीहरू अहिले डराइरहेका छौ।

भजनसंग्रह 80:1-7

प्रमुख संगीतकारलाई: “करारको लिलिको” रागमा गाँउने असापको स्तुति-गीत।

80 हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्।
    तपाईंले यूसुफका भेंडाहरू डोर्याउनु भयो।
तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ।
    हामी तपाईंलाई हेर्छौं।
इस्राएल का भेंडावाला, तपाईंको महानता ती एप्रैम,
बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्।
    आएर हामीलाई बचाउनु होस्।
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्।
    हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ?
    के हामी प्रति तपाईं सधैँ रिसाउनु हुने छ?
तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो।
तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ।
    त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस्
    हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
हे सर्वशक्तिमान् परमेश्वर,
    हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।

भजनसंग्रह 80:17-19

17 परमेश्वर, मानिस कहाँ पुग्नु होस् जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ।
    तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
18 उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न,
    उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
19 सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्,
    हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बँचाउनु होस्।

रोमी 1:1-7

ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन!

परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ। परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। 3-4 सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।

ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु। अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो।

यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।

तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

मत्ती 1:18-25

येशू ख्रीष्टको जन्म

(लूका 2:1-7)

18 येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। 19 मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।

20 तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। 21 उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”

22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। 23 “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।”(A) (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)

24 जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे। 25 तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International