Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 32

दाऊदको मस्किल भन्ने भजन।

32 त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

यर्मिया 25:30-38

30 “यर्मिया! तिनीहरूलाई भन्छन्:
‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ।
    उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ।
परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ।
    उहाँ दाखरस बनाउनेले अङ्गुर किच्याउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ।
    ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।
31 त्यो हल्लाको प्रतिध्वनि,
    पृथ्वीको आखिर सम्म पुग्छ।
पृथ्वीका मानिसहरूका विरूद्धमा
    परमप्रभुको एउटा अभियोग छ।
उहाँले मानिसहरूलाई न्याय
    र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।’”
परमप्रभु भन्नुहुन्छ।

32 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ,
    “हेर, महा-सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ।
पृथ्वीको सुदूर कुनाहरूबाट
    एक सर्वनाशक आँधी आइरहेछ।”

33 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।

34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो,
    खरानीमा लडीबडी गर।
    किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने,
अनि तितर-बितर हुने समय आएको छ।
    तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्।
    बथानका मालिकहरूले भाग्न सक्तैनन्।
36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू
    र बथानका मलिकहरूका चित्कार सुन्छु।
    परमप्रभुले तिनीहरूको खर्क नै नष्ट पार्नु भयो।
37 शान्तमय खर्कहरू नष्ट गरिए।
    परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।
38 परमप्रभु हिंस्रक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ।
    परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले,
    तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।

लूका 19:45-48

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; मर्कूस 11:15-19; यूहन्ना 2:13-22)

45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। 46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’(A) तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।(B)

47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। 48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International