यूहन्ना 2:13-22
Nepali Bible: Easy-to-Read Version
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-13; मर्कूस 11:15-17; लूका 19:45-46)
13 यहूदीहरूको निस्तार चाड़[a] अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो। 14 यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा़ अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए। 15 येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। 16 येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17 यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः
“तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”(A)
18 यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19 येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20 यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21 वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसँग थियो। 22 मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
Read full chapterFootnotes
- 2:13 निस्तार चाड़ निस्तार चाड़ यहूदीहरूको महत्वपूर्ण पर्व हो। मोशाको समयमा परमेश्वरले तिनीहरूलाई मिश्रको दासत्वबाट मुक्त गराउनु भएको सम्झनामा यो दिन प्रत्येक वर्ष विशेष प्रकारले मनाइन्छ। (लेवी 23:4-8; व्यवस्था 16:1-8)
© 2004, 2010 Bible League International