Revised Common Lectionary (Complementary)
यात्राको गीत।
125 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्,
तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
तिनीहरू सदा-सर्वदा रहनेछन्।
2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।
अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ,
उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ।
3 दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
5 दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ।
त्यहाँ इस्राएल मा शान्ति छाओस्।
एलिया र बालका अगमवक्ताहरू
18 खडेरी परेको तेस्रो बर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेट गर। म साँच्चै पानी पठाउने छु।” 2 यस कारण एलिया आहाब सँग भेंट गर्न गए।
त्यस समयमा सामरियामा खाद्य थिएन। 3 यसकारण राजा आहाबले ओबद्यालाई आफ्नो समक्ष बोलाए। ओबद्या राजाको महलको दायित्वमा थिए। (ओबद्या परमप्रभुको साँचो भक्त थिए।) 4 एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए। 5 राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौं। हुनुसक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौं। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।” 6 प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एक्लै हिंडे। ओबद्या अर्को दिशातिर एक्लै हिंडे। 7 ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया! के तिमी साँच्चै मालिक हौ?”
8 एलियाले उत्तर दिए, “हो म नै हुँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”
9 तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ? 10 परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए। 11 अहिले तपाईं चहानुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ। 12 यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुशरण गरें। 13 तिमीले थाह पायौ मैले के गरें! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ। 14 अहिले तपाईं चाहानुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन्!”
15 एलियाले उत्तर दिए, “परमप्रभु सर्व-शक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”
16 यसकारण ओबद्या राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।
17 जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा सङ्कट सृष्टि गरेको छ?”
18 तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा सङ्कट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो सङ्कट सृष्टि गरेको हुन्। तपाईंले सङ्कट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुशरण गर्नुभयो।
परमेश्वरको हात-हतियार धारण गर
10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।
14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर 15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। 16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। 17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।
© 2004, 2010 Bible League International