Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 109:21-31

21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस्,
जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।
    तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।
22 म खाली गरीब, असहाय मानिस हुँ।
    म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो,
दिनको अन्तिम प्रहारको लामो छाँयाँ जस्तो।
    म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।
    मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।
    तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!
    तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बँचाउनु होस्!
27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।
    तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।
    तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्।
    तब, तपाईं को दास, म खुशी हुनेछु।
29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्!
    तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
30 म परमप्रभुलाई धन्यवाद दिन्छु।
    म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ,
    परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ,
    जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।

इजकिएल 20:18-32

18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुशरण नगर। तिनीहरूको आदेशहरू पालन नगर। 19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु। 20 यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”

21 “‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरुभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्। 22 तर मैले आफैंलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिनँ। 23 यसकारण मैले मरुभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।

24 “‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे। 25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्। 26 मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’ 27 यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए। 28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी[a] ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए। 29 मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ।’”[b]

30 परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैंलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे। 31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन। 32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि ढुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।’”

प्रकाश 3:7-13

फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र

“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख:

“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

“मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। 10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।

11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। 12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। 13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International