Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
15 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
लूतको कैद
14 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए। 2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।
3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)। 4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे। 5 यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे। 6 अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)। 7 त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
8 त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए। 9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।
10 सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।
11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। 12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे 13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।
लूतको छुटकारा
14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। 15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। 16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।
येशूद्वारा बीऊ छर्नेको कथा प्रयोग
(मत्ती 13:1-17; मर्कूस 4:1-12)
4 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:
5 “एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए। 6 केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। 7 कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। 8 अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”
9 चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”
10 येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण,
‘तिनीहरू हेर्नत हेर्छन्,
तर देख्दैनन्,
अनि तिनीहरू सुन्दछन्,
तर तिनीहरू बुझ्दैनन्।’(A)
© 2004, 2010 Bible League International