Add parallel Print Page Options

येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ

(मर्कूस 4:1-9; लूका 8:4-8)

13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:

“कोही किसान बीऊ छर्नलाई निस्क्यो। जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”

येशूले सिकाउनलाई उखान भन्नु भएको

(मर्कूस 4:10-12; लूका 8:9-10)

10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”

11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। 13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। 14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:

‘तिमीहरू सुन्न त सुन्छौ,
    तर बुझ्दैनौ।
तिमीहरू हेर्न त हेर्छौ,
    तर देख्न सक्दैनौ।
15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
    कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
    तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।
यस्तो भएको छ त्यसकारण तिनीहरूले
    आफ्ना आँखाले देख्दैनन्,
    आफ्ना कानले सुन्दैनन्,
तिनीहरूका हृदयले बुझ्दैनन्,
    हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए,
    अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’(A)

16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। 17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।

Read full chapter