Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
हितोपदेश 8:1-4

ज्ञान नै असल स्त्री हुन्

के ज्ञानले तिमीलाई बोलाउँदैन र?
    के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
ऊ अग्लो ठाउँहरू माथि उभिन्छे,
    जहाँबाट दोबाटो देखिन्छन्।
ऊ शहरको प्रवेशद्वार नजिक छे,
    उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।

ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
    म सबै मानिसहरूलाई बोलाउँदैछु।

हितोपदेश 8:22-31

22 “परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला
    सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
23 यो संसार सृजना गरिनु भन्दा पहिला
    अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
24 जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ।
    पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
25 पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि,
    पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ।
26 परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै,
    पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27 जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ।
    जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28 जब उहाँले आकाशमा बादल राखेर
    महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29 उहाँले समुद्रको सिमाना तोक्दा
    उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी
उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30 म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ।
    हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31 म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु,
    म मानव जातिमा खुशी लिन्छु।

भजनसंग्रह 8

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
    तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
    तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
    जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।

हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
    अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
    किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
    किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
    अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
    तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
    र माछाहरूमाथि पनि अधिकार गर्छन्।
हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

रोमी 5:1-5

परमेश्वरसँग शान्ति

हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

यूहन्ना 16:12-15

12 “मलाई अझ तिमीहरूसँग धेरै कुराहरू भन्नु छ। तर अहिले ती कुराहरू तिमीहरूलाई अधिक हुनेछ र ग्रहण गर्न साह्रो पर्नेछ। 13 तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ। 14 सत्यको आत्माले मकहाँ महिमा ल्याउनु हुनेछ। कसरी? उसले मबाट कुराहरू पाउने छन् र तिमीहरूलाई ती सबैकुरा व्याख्या गर्नेछन्। सबै कुराहरू जो पितासँग छन् ती सबै मेरा हुन्। 15 त्यसैकारणले म भन्दैछु त्यस आत्माले जे कुराहरू मबाट पाउने छन् र ती सबै तिमीहरूलाई घोषणा गर्नेछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International