Revised Common Lectionary (Complementary)
मन्दिरतर्फ जाँदा दाऊदको भजन।
121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
तर मेरो सहायता कहाँबाट आउँछ?
2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
परमप्रभुबाट आउँछ।
3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,
तिम्रो संरक्षक निदाई जाने होइन।
4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
परमेश्वर कहिल्यै निदाउनु हुन्न।
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
6 तिमीलाई दिउँसो घामले
अनि राती जूनले हानि पुराउँदैन।
7 परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन।
मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु।
म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु
सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्।
तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
6 माथि आकाशमा हेर!
तल पृथ्वी वरिपरि हेर!
आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ।
पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ।
पृथ्वीमा भएका मानिसहरू मर्नेछन्
तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ।
मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ।
तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ।
दुष्ट मानिसहरूबाट नडराऊ।
तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
8 किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्।
माऊ कीराहरूले तिनीहरूलाई खानेछन्।
तिनीहरू ऊन जस्तो हुन् कीराहरूले तिनीहरूलाई खानेछन
तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ।
मेरो उद्धार सदा-सर्वदा लगातार चलिरहनेछ।”
येशूद्वारा एकजना नोकर निको
(मत्ती 8:5-13; यूहन्ना 4:43-54)
7 जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। 2 कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो। 3 जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो। 4 ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ। 5 तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”
6 यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन। 7 यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। 8 तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”
9 जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”
10 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।
© 2004, 2010 Bible League International