M’Cheyne Bible Reading Plan
यिप्तह अनि एप्रैम
12 एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घरसँगै जलाउने छौं।”
2 यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ। 3 तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखें। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारें। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउँछौं?”
4 त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरूद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरूद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए। 5 गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने 6 तिनीहरूले भन्छन्, “‘शिब्बोलेत’ शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि ऊ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।
7 यिप्तह छः बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।
न्यायकर्ता इब्सान
8 यिप्तह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। इब्सान बेतलेहेम शहरका थिए। 9 इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। 10 तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।
न्यायकर्ता एलोन
11 इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश बर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्ता रहे। 12 तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।
न्यायकर्ता अब्दोन
13 एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्ता थिए। अब्दोन पिरातोन शहरका थिए। 14 अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ बर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्ता रहे। 15 तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।
तिमोथी पावल र सिलाससँग गए
16 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। 2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। 3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। 5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो।
पावललाई एशियाबाट बोलाइयो
6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। 7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। 8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।
9 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस् अनि हामीलाई सहयोग गर्नुहोस्!” 10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
लिडियाको परिवर्तन
11 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं। 12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।
13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसँग बात गर्न लाग्यौं। 14 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँच्चो परमेश्वरको आराधना गर्थिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो। 15 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँच्चो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
पावल र सिलास जेलमा
16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घट्ना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउँथि। 17 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।” 18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।
19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए। 20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्। 21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।”
22 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए। 23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!” 24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।
25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने। 26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए। 27 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। 28 तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।”
29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो। 30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”
31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।” 32 यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। 33 निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो। 34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
35 अर्को बिहान हाक्कीमहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”
36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”
37 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”
38 सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए। 39 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने। 40 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यू-भाइहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।
यर्मियाको प्रवचन
25 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो बर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम बर्षमा भएको हो। 2 यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भनेः
3 यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं बर्षदेखि आजको दिनसम्म अर्थात् तेइस बर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ। 4 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।
5 ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर। 6 अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”
7 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तेजित पार्यौं अनि आफैंमा नोक्सान ल्यायौ।”
8 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले, 9 म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूख्खा मरुभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु। 10 म ती ठाउँहरू हर्ष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु। 11 त्यो सम्पूर्ण क्षेत्र नै मरुभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी बर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
12 “तर सत्तरी बर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु।” यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु। 13 मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लेखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु। 14 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”
संसारका राज्यहरू माथि न्याय
15 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ। 16 तिनीहरूले यो पिउँनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”
17 यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए। 18 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
19 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
20 मैले अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
21 अनि मैले एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
22 मैले सोर र सीदोनका सबै राजाहरू र जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए। 23 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए। 24 मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरुभूमिमा बस्छन्, 25 जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए। 26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका”[a] राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।
27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
28 “ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ। 29 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।’” यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
30 “यर्मिया! तिनीहरूलाई भन्छन्:
‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ।
उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ।
परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ।
उहाँ दाखरस बनाउनेले अङ्गुर किच्याउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ।
ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।
31 त्यो हल्लाको प्रतिध्वनि,
पृथ्वीको आखिर सम्म पुग्छ।
पृथ्वीका मानिसहरूका विरूद्धमा
परमप्रभुको एउटा अभियोग छ।
उहाँले मानिसहरूलाई न्याय
र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।’”
परमप्रभु भन्नुहुन्छ।
32 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ,
“हेर, महा-सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ।
पृथ्वीको सुदूर कुनाहरूबाट
एक सर्वनाशक आँधी आइरहेछ।”
33 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।
34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो,
खरानीमा लडीबडी गर।
किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने,
अनि तितर-बितर हुने समय आएको छ।
तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्।
बथानका मालिकहरूले भाग्न सक्तैनन्।
36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू
र बथानका मलिकहरूका चित्कार सुन्छु।
परमप्रभुले तिनीहरूको खर्क नै नष्ट पार्नु भयो।
37 शान्तमय खर्कहरू नष्ट गरिए।
परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।
38 परमप्रभु हिंस्रक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ।
परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले,
तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।
येशूको यरूशलेममा राजा झैं प्रवेश
(मत्ती 21:1-11; लूका 19:28-40; यूहन्ना 12:12-19)
11 येशू अनि उहाँका चेलाहरू यरूशलेम पुग्नै लागेका थिए। जैतून डाँडामा भएको बेथफागे र बेथानी शहरमा उनीहरू आइपग्नुभयो। त्यहाँ येशूले आफ्नो दुइजना चेलाहरूलाई केही गर्न भनी पठाउनु भयो। 2 येशूले चेलाहरूलाई भन्नुभयो, “शहरमा जाऊ अनि त्यहाँ देख्नेछौ। जब त्यहाँ पुग्नछौ, तिमीहरूले त्यहाँ एउटा गधालाई साङ्गलोले बाँधेर राखेको पाउनेछौ। त्यो गधामाथि अहिलेसम्म कोही चढेकोछैन त्यो गधालाई फुकालेर मकहाँ ल्याऊ। 3 यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, ‘स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।’”
4 चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले। 5 त्यहाँ उभिरहेका केही मानिसहरूले यी सब देखे, तिनीहरूले सोधे, “तिमीहरूले यो के गर्दैछौ? त्यो गधालाई त्यहाँबाट किन फुकाईरहेछौ?” 6 चेलाहरूलाई येशूले भन्नु भए झैं उत्तर दिए। मानिसहरूले ती चेलाहरूलाई गधा दिन अनुमति दिए।
7 त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो। 8 अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए। 9 केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँड्दै थिए। सबै मानिसहरू कराउँदै थिए,
“‘उहाँको प्रशंसा गर!’
‘स्वागत गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’(A)
10 “हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्।
जुन राज्य आउनेछ।
स्वर्गको परमेश्वरलाई प्रशंसा!”
11 येशू यरूशलेममा जानुभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।
येशूले भन्नुभयो अन्जीरको रूख मर्नेछ
(मत्ती 21:18-19)
12 अर्को दिन, तिनीहरूले बेथानि छोड्नुभयो। येशू भोकाउनु भएको थियो। 13 येशूले टाढामा एउटा अन्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अन्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अन्जीरको फल फल्ने समय थिएन। 14 अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।
येशूको मन्दिरतर्फ प्रस्थान
(मत्ती 21:12-17; लूका 19:45-48; यूहन्ना 2:13-22)
15 उहाँहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो। 16 येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन। 17 तब उहाँले तिनीहरूलाई सिकाउनु भयो। उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिइएको छ, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहललाइनेछ तर तिमीहरूले परमेश्वरको घरलाई डाँकूहरू लुक्ने घरमा परिवर्तन गरिरहेछौ।”
18 मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसँग डराएका थिए। 19 त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोड्नुभयो।
येशूद्वारा विश्वासको शक्ति प्रदर्शन
(मत्ती 21:20-22)
20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। 21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”
22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख। 23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। 24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। 25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।” 26 [a]
यहूदी प्रमुखहरूद्वारा येशूको शक्तिमाथि सन्देह
(मत्ती 21:23-27; लूका 20:1-8)
27 येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए। 28 तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस् यत्रो के-के गर्नलाई तपाईंसँग कुन चाहिं त्यस्तो अधिकार छ? कसले तपाईंलाई यो अधिकार दिएका हुन्।”
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ। 30 यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?”
31 ती यहूदी प्रमुखहरूले येशूको प्रश्न बारे बहस गरे। तिनीहरू एक अर्कामाझमा बात चीत गर्न लागे, “यदि हामीले जवाफ दियौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो,’ येशूले भन्नु हुनेछ, ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 32 तर यदि हामीले भन्यौ, ‘यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो,’ मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसँग भयभीत थिए। सबैले यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो।)
33 तब तिनीहरूले येशूलाई जवाफ दिए, “हामी यसको सही उत्तर जान्दैनौ।”
तब उहाँले भन्नुभयो, “तब यी सब कामहरू तिमीहरूलाई भन्दिन कि कुन अधिकारद्वार म यी कुराहरू गरिरहेको छु।”
© 2004, 2010 Bible League International