The Daily Audio Bible
Today's audio is from the NET. Switch to the NET to read along with the audio.
23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! सामरिया र यरूशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहरू एउटै आमाका छोरीहरू थिए। 3 तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए। 4 ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)
5 “त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली। 6 उसले अश्शूरको सैनिकलाई तिनीहरूको वैजनी वस्त्र देखी तिनीहरू घोडाहरूमा चढ्ने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहरू राजपालहरू अनि अधिकारीहरू थिए। 7 अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! ऊ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई। 8 यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-ब्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेममा फस्यो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झूटो प्रेम गर्थ्यो। 9 यसकारण मैले त्यसको प्रेमीहरूलाई त्यसको कुमारी अवस्था भोग गर्न दिएँ। उसले अश्शूरहरूलाई चाहन्थी, यसकारण मैले उसलाई तिनीहरूसित छोडि दिएँ। 10 तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।
11 “उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू घटेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई। 12 ऊ अश्शूरको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहरू सबै मनपर्दो जवान मानिसहरू थिए। 13 मैले देखें ती दुवै स्त्रीहरू एउटै गल्ती गरे आफ्नो जीवन नष्ट गरिरहेका थिए।
14 “ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो। 15 तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाँधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो। 16 ओहोलिबाले तिनीहरूलाई चाहन्थी। उसले तिनीहरूलाई आमन्त्रित गर्नका निम्ति स्वर्गदूत पठाई। 17 यसकारण बाबेलवासीहरू त्यसको ओछ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहरूबाट भ्रष्ट भए पछि वाक्क भएर त्यसको मन तिनीहरू देखि हट्यो।
18 “ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो। 19 ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-ब्यापार याद गरि जुन उसले युवावस्थामा मिश्रमा गरेकी थिई। 20 उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी।
21 “ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए। 22 यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्। 23 म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँनेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउनेछु अनि ती सबैलाई अश्शूरबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहरू सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए। 24 तिनीहरूको भीड तिम्रोमा आउनें छ। तिनीहरू आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेंछन्। तिनीहरू धेरै संख्यामा हुनेछन्। तिनीहरूसित भाला, तिनीहरूको ढाल अनि तिनीहरूको शिरमा सुरक्षा कवच हुनेछ। तिनीहरू तिम्रो चारै तिर जम्मा हुनेछन्। म तिनीहरूलाई बताउनेछु कि तिनीहरूले मसँग के गरे अनि तिनीहरूले आफ्नो तर्फबाट तिनीहरूलाई दण्ड दिनेछन्। 25 म तिमीहरूलाई मेरो ईँर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्। 26 तिनीहरूले तिम्रो राम्रो लुगा गर-गहनाहरू लिनेछन। 27 अनि म तिम्रो मिश्रसित व्याविचार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहरूतिर फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।’”
28 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ। 29 अनि तिनीहरूले देखाउँनेछन् कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्। 30 यी चीजहरू तिमीमाथि आइलाग्यो किनभने तिमी आफैंले आफैंलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायौ अनि तिमीहरूका घिनलाग्दा मूर्तिहरूले फोहोर बनायौ। 31 तिमीले आफ्नो दिदी कै चालमा हिँड्यौ अनि त्यसरी नै गरिरह्यौ। तिमीहरू आ-आफैंले विषको कचौरा लियौं अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वंयम कमायौ।” 32 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ:
“तिमीले आफ्नो दिदीको बिषको कचौरा पिउँनेछौ।
यो विषको कचौरा लामो-गहिरो छ।
त्यो कचौरामा धेरै बिष छ।
मानिसहरू तिमीप्रति हाँस्नेछन्,
अनि हाँसो उडाउँनेछन्।
33 तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ।
तिमी ज्यादै अस्थीर हुनेछौ।
यो नष्ट अनि सर्वनाश हो।
यो त्यही कचौरा जस्तै हो,
जुन तिम्रो दिदी सामरियाले पिएकी थिई।
34 तिमीले त्यही कचौराबाट विष पिउँनेछौ।
तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ।
तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ
अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ।
यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ,
अनि मैले यी कुराहरू भनें।
35 “यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।’”
ओहोला अनि ओहोलीबाको विरूद्ध निर्णय
36 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्। 37 तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे। 38 तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन। 39 तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।
40 “तिनीहरूले अत्यन्तै टाढो ठाँउमा मानिसहरूलाई बोलाए। यी मानिसहरूका निम्ति तिमीले एउटा स्वर्गदूत पठायौ अनि तिनीहरू तिमीलाई हेर्न आए। तिमीले तिनीहरूको निम्ति नुहायौ, आफ्नो आँखा सिंगार्यौ अनि गर-गहनाहरू लगायौ। 41 तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ।
42 “यरूशलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्थ्यो। तिनीहरू मध्ये यरूशलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरुभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो-राम्रो शिरवन्दीहरू दिए। 43 तर मैले त्यो स्त्रीसित बात गरें, जो व्यभिचार कर्मले शिथिल भएकी थिई। मैले उसलाई भनें, ‘के तिनीहरूसित लगातार व्यभिचार गरिरहन सक्छन, अनि उसले त्यससित व्यभिचार गरिरहन सक्छे?’ 44 तर ऊ त्योसित त्यसरी नै गईरह्यो जसरी एउटा वेश्या भएकहाँ ऊ जान सक्थ्यो। हो, ऊ ती दुष्ट स्त्रीहरू ओहोला अनि ओहोलिबाकहाँ गइरह्यो।
45 “तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरेका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”
46 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो, “मानिसहरूलाई एकै ठाउँमा भेला गर। त्यसपछि तिनीहरूले ओहोला अनि ओहोलिबालाई सजाय दिनेछन्। मानिसहरूको त्यो समूहले ती दुइ स्त्रीहरूलाई दण्ड दिनेछन् तथा तिनीहरूको हाँसो उडाउँनेछन्। 47 तब त्यो समूहले तिनीहरूलाई ढुङ्गा हान्नेछन् अनि तिनीहरूलाई मार्नेछन्, तब त्यो समूहले आफ्नो तरवारले स्त्रीहरूलाई टुक्रा पार्नेछन् ती स्त्रीहरूको नानीहरूलाई मार्नेछन् अनि घर जलाई दिनेछन्। 48 यस्तो प्रकारले म यो देशको दुष्टतालाई अन्त गरिदिनेछु, अनि सबै स्त्रीहरूलाई चेताउनी दिनेछु कि तिनीहरूले अब यस्तो लज्जित काम नगरून् जुन तिमीहरूले गर्यौ। 49 तिनीहरूले तिमीलाई त्यो दुष्ट कामको निम्ति दण्ड दिनेछन् जुन तिमीले गर्यौ अनि तिमीलाई तिम्रो आफ्नो मूर्तिको निम्ति पनि दण्ड दिइनेछ। त्यस बेला तिमीले थाहा पाउँनेछौ कि म नै परमप्रभु अनि मालिक हुँ।”
18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
परमेश्वरको नजिक आऊ
19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। 20 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। 21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। 22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। 23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
विश्वासमा दृढ हौ र एकअर्कालाई सघाऊ
24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। 25 हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन[a] अझै नजिक-नजिक आउँदै छ।
ख्रीष्टबाट मुख नफर्काऊ
26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। 27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। 28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। 29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो। 30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”(A) परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”(B) 31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
आफूसित भएको उत्साह र आनन्द नगुमाऊ
32 ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुःख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ। 33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। 34 हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दु:खहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। 36 तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं। 37 चाँडै नै,
“जो आउनु हुँदैछ आउनुँ नै हुनेछ।
उहाँले विलम्ब गर्नु हुनेछैन।
38 जो अहिले मसित धर्मी छ,
उसको विश्वासको कारणले जीवन पाउने छ।
तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने,
म उसित प्रसन्न रहनेछैनँ।”(C)
39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
109 हे परमेश्वर, म तपाईंको प्रशंसा गर्छु!
मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!
2 दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्।
तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
3 मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्।
मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्।
4 मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें।
यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु।
5 मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें।
तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें।
म तिनीहरूलाई प्रेम गर्छु
तर तिनीहरूले मलाई घृणा गर्छन्।
6 मेरो शत्रुलाई उसको कु-कार्यका लागि दण्ड दिनुहोस्।
उनीहरू गल्ती हुन् भनी प्रमाणित गर्ने मानिस खोज्नु होस्।
7 न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस्,
अनि उसलाई दोषी प्रमाण गरोस्।
मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।
8 मेरो शत्रु चाँडै मरोस्।
अर्को कसैले उसको स्थान पाओस्।
9 मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन्,
र तिनका पत्नी विधवा होऊन्।
10 तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस्
र तिनीहरू भिखारी भई जाऊन्।
11 मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्।
परदेशीहरूले उसले गर्ने सबै कामहरू लैजाऊन्।
12 भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्।
भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।
13 मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्।
अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
14 भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ।
अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।
15 भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन।
अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
16 किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन।
त्यसले कसैलाई प्रेम गरेन,
त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो।
17 त्यस दुष्ट मानिसले अरूकोलागि
नराम्रो होस् भन्ने इच्छा गर्यो अनि सराप्यो।
त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन।
यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।
18 सराप नै उसले लाउने लुगाहरू होस्।
सराप नै त्यसको पिउने पानी बनियोस्।
त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै
सराप होस्।
19 सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्।
सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्।
20 भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ।
भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू,
जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
21 हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस्,
जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु।
तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।
22 म खाली गरीब, असहाय मानिस हुँ।
म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
23 म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो,
दिनको अन्तिम प्रहारको लामो छाँयाँ जस्तो।
म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
24 मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु।
मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
25 दुष्ट मानिसहरूले मलाई अपमान गरे।
तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
26 हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्!
तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बँचाउनु होस्!
27 तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो।
तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
28 ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ।
तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्।
तब, तपाईं को दास, म खुशी हुनेछु।
29 मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्!
तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
30 म परमप्रभुलाई धन्यवाद दिन्छु।
म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
31 परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ,
परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ,
जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।
13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
© 2004, 2010 Bible League International