560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. उनले स्त्रीलाई प्रेम गर्छन्

    चुम्बनहरूसँग मलाई छुनुहोस्, तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले, तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
  2. तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं। राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।

    यरूशलेमको स्त्रीहरू मानिस प्रति

    हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
  3. तिनले पुरूषलाई भन्छिन्

    म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउँनेछु, अथवा तपाईंका साथीहरूको बगाल अघि, म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?
  4. मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ गलाको वरिपरी, मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
  5. मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ, जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।
  6. स्त्री बोल्छे

    मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ! साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
  7. पुरूष बोल्छ

    हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ।
  8. मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।
  9. प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस, र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।
  10. हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ, जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।
  11. प्रेमिका फेरि बोल्छे

    मेरो प्रेमीकाको स्वर सुन, लौ हेर! उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।
  12. मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ।
  13. मेरा प्रेमीले भन्नु भयो, “हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।
  14. मेरा प्रेमी मेरा हुनु हुन्छ, अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
  15. जबसम्म दिन बितेर छाँयाँ लामो हुँदैन, फर्कि आऊ मेरा प्रेमी, हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।
  16. अब म उठ्छु, म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली, र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।
  17. मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे, मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
  18. जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ, तब मैले मेरा प्रेमीलाई भेटें, मैले उहाँलाई समातें, र उहाँलाई मेरी आमाको घरमा लगें, अर्थात ती नारीको कोठामा, जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
  19. ऊ स्त्रीहरूसँग बोल्छे

    हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले, आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।
  20. त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
  21. ऊ उनीसित कुरा गर्छन्

    मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ। आहा! तिमी सुन्दरी छौ। घुम्टोभित्र लुकेका ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन् तिम्रा ती लामा केश गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
  22. मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।
  23. मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
  24. मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
  25. ऊनी बोल्छिन्

    उत्तरी हावा, तिमी उठ, दक्षिणी हावा, तिमी आऊ। मेरो बगैंचामा बह अनि आफ्नो सुगन्ध छर्क। मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्। अनि त्यहाँका मिठा फलहरू खाऊन्।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.