560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-17. 
Filter by dropdown
dropdown
results per page
  1. तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”
  2. तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
  3. मूर्तिमा चढ़ाइएका खाना

    अब मूर्तिमा बलि चढाएका पशुहरूको मासुको विषयमा म लेख्छु। हामी जान्दछौ कि “हामी सबैमा ज्ञान छ” “ज्ञान”-ले तिमीहरूलाई घमण्डी तुल्याउँछ, तर प्रेमले अरू विकासित हुन सहायता गर्छ।
  4. तर परमेश्वरलाई प्रेम गर्ने मानिसले परमेश्वरालाई चिन्छन्।
  5. प्रेम नै सर्वोत्तम उपहार हो

    अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ।
  6. मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।
  7. मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
  8. प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
  9. प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।
  10. प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।
  11. प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।
  12. प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।
  13. यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।
  14. आत्मिक वरदानहरूलाई मण्डलीको मद्दतमा लगाऊ

    प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।
  15. हरेक कुरो प्रेमपूर्वक गर।
  16. जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्!
  17. ख्रीष्ट येशूमा हुने तिमीहरू सबै प्रति मेरो प्रेम!
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.