560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-18. 
Filter by dropdown
dropdown
results per page
  1. यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
  2. अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।
  3. यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।
  4. हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
  5. येशू ख्रीष्टमा परमेश्वरको प्रेम

    यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
  6. ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन।
  7. तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं।
  8. हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
  9. जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”
  10. होशेको कितावमा धर्मशास्त्रले भन्दछ, “जो मानिसहरू मेरा होइनन्- म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ- म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”
  11. यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।
  12. तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर।
  13. एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
  14. अरूलाई प्रेम गर्नु नै व्यवस्था हो

    तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ।
  15. म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”
  16. प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।
  17. केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।
  18. दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.