560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 26-46. 
Filter by dropdown
dropdown
results per page
  1. प्रियतम भन्छन्

    मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसँग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।

    स्त्रीहरू प्रेमीहरूसँग कुरा गर्छन्

    हे साथीहरू हो, खाऊ! प्रेमीहरू हो, पिऊ! र प्रेमको मद्यले मस्त हौ।
  2. प्रेमिका भन्छे

    म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु: “ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पूर्णता, मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।”
  3. तर उसको निम्ति म व्याकुल भएँ मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।
  4. म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें, मेरा हातहरूबाट रस गन्ध, अनि औलीहरूबाट रस गन्धका थोपाहरू तल तिर चुहे।
  5. जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए। म झण्डै मरें जब उहाँ आएर गए पछि। मैले उहाँलाई खोजी हिडें तर भेटिनँ, मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो उत्तर दिनु भएन।
  6. हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने, भनिदेऊ म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।
  7. यरूशलेका स्त्रीहरूले उत्तर दिन्छन्

    स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि, तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?
  8. तिनले यरूशलेमका स्त्रीहरूलाई उत्तर दिन्छिन्

    दश हजार मानिसहरूको बीचमा पनि मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।
  9. हो, यरूशलेमका स्त्रीहरू! उहाँको मुख अधिक मिठास पूर्ण छ। मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ। मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।
  10. यरूशलेमका स्त्रीहरू ऊ सित बोल्छन्

    हे सुन्दरी स्त्री, भन तिम्रा प्रेमी कहाँ गएका छन्? भन तिनी कुन बाटो गएका छन्? ताकि हामी उहाँको खोजीगर्न तिमीलाई सहायता गर्न सकौं।
  11. यरूशलेमका स्त्रीहरूलाई तिनी उत्तर दिन्छिन्

    मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ। उहाँ बगैंचालाई हेर्न र त्यहाँबाट लिलीहरू बटुल्न जानु भएको छ।
  12. म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ। उहाँ लिली फूलको बगैंचामा डुल्नु हुन्छ।
  13. तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका! तिमी कति राम्री र मनमोहक छौ।
  14. तिनले युवकलाई भन्छिन्

    म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
  15. आउँनु होस् मेरा प्रेमी, हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।
  16. हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
  17. हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन्, नयाँ र पुरानो आनन्दमय बस्तुहरू, मैले तिम्रो निम्ति साँचिराखेकीछु।
  18. हे यरूशलेमका तरूणीहरू हो! मलाई वचन देऊ कि जबसम्म म यसको निम्ति तैयारी हुँदिन। मलाई प्रेमले उत्तेजित पार्ने छैन।
  19. यरूशलेमका स्त्रीहरू बोल्छन्

    ती स्त्री को हुन्? जो आफ्नो प्रेमीसित अढेसिएर मरुभूमिबाट आउँदै छिन्।

    तिनले उसलाई भन्छिन्

    मैले तपाईंलाई स्याऊको बोट मुनि जगाएँ, जहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिईन्, जहाँ तपाईंको जन्म भएको थियो।
  20. मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्, यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ, कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।
  21. के कसैले आफ्नो प्रेमका निम्ति, आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र?
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.