560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्। परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
  2. तर परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले राम्रो काम गर्नेहरूलाई प्रेम गर्नु हुन्छ। धार्मिक मानिसहरू उहाँसँग हुन्छन् र उहाँको मुहार हेर्छन्।
  3. हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
  4. प्रमुख संगीतकारलाई: परमप्रभुको दास दाऊदको भजन। उनले यो भजन त्यो बेला लेखे जब परमप्रभुले उनलाई शाऊल र उसका शत्रुहरूबाट बचाउनु भएको थियो।

    उनले भने, “हे परमप्रभु, म तपाईंलाई प्रेम गर्छु! तपाईं मेरो शक्ति हुनुहुन्छ।”
  5. परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो।
  6. हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।
  7. हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
  8. मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
  9. हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।
  10. परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें, अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
  11. हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
  12. हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
  13. परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ। परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
  14. परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्। जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
  15. हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं। यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।
  16. यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
  17. हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
  18. तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन। तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”
  19. हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्, जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
  20. प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।

    जब म यी कुराहरू राजाको निम्ति लेख्छु, सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन्, मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।
  21. तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू माथि राज गर्न चुन्नुभएको छ।
  22. हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।
  23. परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
  24. तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
  25. म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.