560 Bible results for “प्रेम ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-25. 
Filter by dropdown
dropdown
results per page
  1. तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।
  2. यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
  3. लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
  4. लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”
  5. लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”
  6. शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।
  7. केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”
  8. हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’
  9. इस्राएलले आफ्नो मृत्युको समय आयो भनी थाहा पाए। यसर्थ तिनले आफ्नो छोरो यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई साँच्चै प्रेम गर्छस् भने आफ्नो हात मेरो तिघ्रामुनि राखेर कसम खा। मलाई वचन दे जे म भन्छु त्यही मान्छु भनेर म प्रति तँ साँचो हो। जब म मर्छु मलाई मिश्र देशमा नगाड।
  10. तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
  11. “तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’
  12. तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु।
  13. परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।
  14. “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।
  15. तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।
  16. सधैँ परमेश्वरलाई प्रेम गर र उहाँको आज्ञा पालन गर

    “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
  17. तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।
  18. किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ।
  19. तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।
  20. “यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
  21. “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुशरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ।
  22. उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेंडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।
  23. साँच्चै परमप्रभु के चाहनुहुन्छ

    “इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।
  24. परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको सट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।
  25. टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “प्रेम ”

Sorry. No results found for "प्रेम" in Topical Index.