Readings for Celebrating Advent
3 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
2 “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्। 3 उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्।
© 2004, 2010 Bible League International