Revised Common Lectionary (Complementary)
मन्दिरतिर गइरहेको बेलाको भजन।
123 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।
बिल्ददले अय्यूबलाई जवाफ दिंदछ
25 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः
2 “परमेश्वर शासक हुनु हुन्छ।
उहाँले मानिसहरूलाई त्रासित पार्नुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्।
उहाँले माथि आफ्नो स्वर्गिय राज्यमा शान्ति कायम राख्नु हुन्छ।
3 परमेश्वरले सबै मानिसहरूको निम्ति सूर्य उदय गराउनु हुन्छ।
कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिँदैन।
कुनै पनि मानिस कहिल्यै साँच्चो शिद्ध हुन सक्तैन।
5 परमेश्वरको दृष्टिमा, जुन पनि शुद्ध र चम्किलो छैन,
अनि ताराहरू पनि शुद्ध छैनन्।
6 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्,
मानिसहरू कीराहरू जस्ता हुन,
मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”
अय्यूबले बिल्ददलाई जवाफ दिंदछ
26 तब अय्यूबले जवाफ दिएः
2 “बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ।
के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई,
जसको बहुबलमा केही शक्ति छोडिएको छैन त्यसलाई बचाएका छौ?
3 तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सोच्छौ?
4 कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?
5 “मरेकाहरूका आत्माहरू
डरले पृथ्वी मुनि पनि काम्दछ।
6 तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
7 परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।
8 परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।
9 परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।
10 जहाँ अँध्यारो र उज्यालोको सङ्गम हुन्छ
त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।
11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।
12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
परमेश्वरको हातले भाग्न तयार भएका सर्पलाई नाश गरिदिनु हुन्छ।
14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन।
हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छौं।
परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर,
कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”
येशूमा परमेश्वरको अधिकार छ
19 तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। 20 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। 21 पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।
22 “अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ। 23 परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।
24 “म तिमीहरूलाई साँच्चो भन्दछु, यदी कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्। 25 म तिमीहरूलाई साँच्चो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। 26 जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ। 27 अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।
28 “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्। 29 तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।
© 2004, 2010 Bible League International