Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 123

मन्दिरतिर गइरहेको बेलाको भजन।

123 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
    तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
    दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
    र उहाँबाट दया पर्खिरहन्छौं।
हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
    किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
    जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।

अय्यूब 20:1-11

सोपरले जवाफ दिन्छ

20 तब नमाबाट आएका सोपरले जवाफ दिएः

“मेरा दोधारे विचारहरू मभित्रै सङ्घर्ष गर्छन्
    तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।
तिम्रो जवाफले हामीलाई अपमान गर्यो!
    तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।

4-5 “तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन।
    त्यो पहिल्यै देखिको सत्य थियो, आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो
    त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला,
    अनि उसको शिरले बादलहरूलाई छोला।
तर ऊ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिँदै गए जस्तो।
    ती मानिसहरू जसले उसलाई चिन्दछन् तिनीहरूले भन्नेछन्, ‘ऊ कहाँ छ?’
उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन।
    नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।
मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्।
    उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।
10 दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए।
    त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ।
11 जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए,
    तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।

2 पत्रुस 1:16-21

हामीले ख्रीष्टको महिमा देख्यौं

16 हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरूलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरूलाई जे व्याख्या गर्यौं ती मानिसहरूले रचेका चतुर कथाहरू होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं। 17 येशूले महान-महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।” 18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

19 यसले हामीलाई अगमवक्ताहरूले भनेका कुराहरूमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरूको भनाई अनुशरण गरेर तिमीहरूले राम्रो गर्नेछौ। उनीहरूको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुन्जेलसम्म र बिहानी तारा तिमीहरूको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ। 20 तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी[a] कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। 21 किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International