Revised Common Lectionary (Complementary)
8 हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।
9 हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
भित्तामा लेखिरहेको
5 राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले। 2 दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन। 3 जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए। 4 तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।
5 त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।
6 यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले। 7 अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”
8 त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। 9 यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।
10 राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन! नडराऊ! 11 तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए। 12 यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”
परमेश्वरका बथान
5 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। 2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। 3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। 4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
5 हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।
“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(A)
6 यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ। 7 जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।
8 स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरूको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिंड्छ। 9 शैतानको अनुशरण गर्न अस्वीकार गर। आफ्नो विश्वासमा दृढतापूर्वक बस। तिमीहरू जान्दछौ कि संसारभरि तिमीहरूका भाइ-बहिनीहरू त्यस्तै यातना भोगिरहेछन् जस्तो यातनामा तिमीहरू थियौ।
10 यो सही हो, तिमीहरूले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरूलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरूलाई साहरा दिनु हुनेछ अनि तिमीहरूलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ। 11 सबै शक्ति सदा-सर्वदा उहाँकै रहने छ। आमिन।
© 2004, 2010 Bible League International