Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम” भन्ने भजन। जुन समय दाऊद शाऊलबाट भागेर ओडारमा लुकेका थिए।
57 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
मप्रति दयालु हुनुहोस्,
किनभने म तपाईंको शरणमा आएकोछु।
जबसम्म कष्ट हराँउदैन, म तपाईंको संरक्षणमा छु।
2 म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
3 स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
र बचाउँनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।
4 मेरो प्राण विपदमा छ।
मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत
अनि तरवार जस्तो धारिलो जिब्रो लिएर
मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।
5 परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
6 मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।
7 हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
8 हे मेरो प्राण जाग!
वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
प्रभात फेरि लगाऊ।
9 हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा,
आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।
उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।
2 माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेंडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेंडाको ऊन कत्रन गयो। 3 त्यस मानिसको नाउँ नाबाल थियो। ऊ कालेब सन्तानको थियो। नाबालकी पत्नी अबीगेल थिईन, ऊ सुन्दरी र बुद्धिमती थिईन्। तर नाबाल, अति निष्ठुर र नीच स्वभावको मानिस थियो।
4 नाबालले भेंडाको ऊन कत्रँदैछ भन्ने खबर दाऊदले मरुभूमिको क्षेत्रमा नै सुने। 5 दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।” 6 उसलाई भन, “म आशा गर्छु कि तपाईंको परिवार र तपाईं अधिकार गर्नु भएका सबै असलै होलान्। 7 मैले थाहाँ पाएँ कि तपाईं आफ्नो भेंडाको ऊन कत्रँदै हुनुहुन्छ। तपाईंका गोठालाहरू केही समयदेखि हामीसित थिए। हामीले तिनीहरूसित खराब व्यवहार गरेनौ। जब तिनीहरू कर्मेलमा थिए तिनीहरूको केही पनि हराएन अथवा चोरेनन्। 8 तपाईंले सेवकहरूलाई सोध्नुहोस् अनि तिनीहरूले सत्य बोल्ने छन्। मेरो जवान मानिसहरूप्रति दया गर्नुहोस्। अहिले उत्सवको समय भएको कारण, तपाईंले जे गर्नु सक्नुहुन्छ मेरो सेनाहरूलाई गरिदिनुहोस्। मेरो निम्ति यति काम गरिदिनुहोस्, तपाईंको मित्र दाऊद।”
9 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए। 10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। 11 मसँग रोटी-पानी छ। म सँग मासु पनि छ जुन मैले मेरो भेंडाहरूबाट ऊन कत्रँने नोकरहरूका निम्ति तयार पारेकोछु। तर म यो मासु रोटी अनि पानी नचिनेको मानिसहरूलाई दिने छैन्।”
12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए। 13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।
अबीगेलले विपत्ती टारिन्
14 नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए। 15 ती मानिसहरू हाम्रा निम्ति साह्रै असल थिए। जब हामी भेंडाहरू मैदानमा लिएर जान्थ्यौं। दाऊदका मानिसहरू हामीसितै दिनभरी हुन्थे। अनि तिनीहरूले हाम्रो कुनै नोक्सान गरेनन्। तिनीहरूले कहिले पनि केही चोरेनन्। 16 दाऊदका मानिसहरूले दिन रात हाम्रो रक्षा गर्थे। हामीले भेंडा चराइरहेको समयमा पनि तिनीहरूले हाम्रो चारैतिरबाट पर्खालले झैं रक्षा गर्यो। 17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।”
18 अबीगेलले हतार-हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेंडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्। 19 त्यसपछि नोकरहरूलाई भनिन्, “यो लिएर जाऊ। म पछि-पछि आउँदै छु।” तर यी सब तिनले आफ्नो लोग्नेलाई भनिनन्।
20 गधामा चढेर अबीगेल त्यस पहाडको अर्को पट्टिको पखेरामा गइन्। तिनले दाऊदलाई आफ्ना मानिसहरूसँग पहाडको अर्को पट्टिबाट आउँदै गरेका भेटिन्।
21 अबीगेललाई भेट्न भन्दा अघि दाऊदले भन्दै थिए, “मैले त्यस मरुभूमिमा नाबालको सम्पत्ति रक्षा गरें। मैले यति सुरक्षा गरें कि नाबालले केही नोक्सान भोगेनन्। मैले गरेको सबै व्यर्थ भयो। मैले भलाई गरें तर त्यसले त दुर्व्यवहार गर्यो। 22 यदि मैले नाबालको परिवारका कुनै पनि पुरूषलाई भोलि बिहान सम्म जीवित रहन दिएँ भने मलाई परमेश्वरले दण्ड दिउन्।”
ख्रीष्टियनहरूमाझ न्यायको समस्या
6 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ? 2 के तिमीहरूलाई थाहा छैन परमेश्वरका मानिसहरू संसारकै न्याय गर्छन्? यदि तिमीहरूले संसारको न्याय गर्दैछौ भने तिमीहरूको आपसको सानो कलह किन मिलाउदैनौ? 3 तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं। 4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।
5 म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्। 6 तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।
7 एका अर्कोको विरुद्धमा मामला लाउनु नै तिमीहरूको हार हो। बरू अन्याय किन नसहनु? बरू किन आफैंँ ठगिदैनौ? 8 तिमी आफैं गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यू-भाइहरू माझ!
9-10 अन्याय गर्नेहरूले परमेश्वरको राज्य पाउने छैनन् भन्ने कुरा तिमीहरू अवश्यै जान्दछौ। आफैं धोका नखाऊ। जसले अनैतिक गर्छ, जसले मूर्ति पूजा गर्छ, जो यौन व्याभिचार, जो पुरूषगामी, समलिंगी गमन, जसले चोरी गर्छ, जो स्वार्थी छ, जो मात्छ, जसले अर्काको निन्दा गर्छ र अरूलाई ठग्छ त्यस्ताहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। 11 अघि तिमीहरू पनि कतिपय यस्तै थियौ। तर अब तिमीहरू धोइएका छौ, पवित्र बनाइएका छौ अनि हाम्रा प्रभु ख्रीष्टको नाउँमा अनि हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरको निम्ति धार्मिक बनाइएका छौ।
© 2004, 2010 Bible League International